बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो  

मंगलबार, भदौ १२, २०८०

काठमाडौं । बागमती प्रदेशअन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज (मंगलबार) देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरेको छ । जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।    

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार