राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

सोमबार, भदौ ११, २०८०

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । 
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री ,मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ । 
बैठकमा योजना आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठले योजना आयोगको आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् । 


 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार