‘जात्रै जात्रा’ पछि अब ‘महाजात्रा’

सोमबार, भदौ ११, २०८०

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ ।निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो । यस अघिका शृङ्खलामा रहेका कलाकारसँग यसपटक हरिवंश आचार्य पनि जोडिएका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन् । 

चलचित्रको छायाङ्कन दसैँलगत्तै हुने जनाइएको छ । चैत ९ मा प्रदर्शन मिति तय गरिएको निर्माण संस्थाले जनाएको छ । छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको छ । ०००
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार