खुट्टा नकमाई उद्योगीका समस्या सम्बन्धित निकायमा पु¥याउन महासंघ प्रतिवद्ध छ : चन्द्र ढकाल(भिडियो)

सोमबार, भदौ ११, २०८०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले खुट्टा नकमाई नीति क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल तयारी पोशाक उद्योग संघले आइतबार आयोजना गरेको उद्योग वाणिज्य महासंघको कार्यसमितिलाई बधाई ज्ञापन शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनमा उनले आफू नेतृत्वको महासंघ कार्यसमितिले उद्योगीका समस्या सम्बन्धित निकायसम्म पु¥याउन ठोस पहल गर्ने बताए । 
उनले भने, ‘हाम्रो अहिलेको कार्यसमितिले महासंघको कुनैं पनि समस्यालाई खुट्टा नकमाईकन  सम्बन्धित निकायसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछु । नीजि क्षेत्रको मानीसले पनि आजको भोलि कुनै पनि समस्या समाधान खाजेर आएको ४ महिना भयो के गर्नुभयो भन्नुहुन्छ भने त्यो तपाईहरूको गल्ती हुनेछ । धेरै चिजहरूको रिजल्ट आउँने वाला छ ।’
निर्माण व्यवसायीलगायत सम्पूर्ण उद्योगीका समस्या समाधानका लागि महासंघले ठोस पहल गरिरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार