मनाङमा हिउँ चितुवा संरक्षणका लागि मैत्रिपूर्ण फुटबल हुने

आइतबार, भदौ १०, २०८०

काठमाडौं । तापमान वृद्धिको असरबारे जनचेतना जगाउने उद्देश्यले, मनाङमा खेलकुद प्रतियोगिता हुने भएको छ । 
विश्वव्यापी रुपमा हिउँ चितुवा, वातावरण चौरी र हिमालयको संरक्षणका लागि, कलाकार र स्थानीय युवाबीच मैत्रिपूर्ण खेलकुद प्रतियोगिता हुने भएको हो । 
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जैविक विविधता संरक्षण समाज नेपालले मनाङको चामे, पिसाङ र मनाङमा फुटबल तथा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । 
त्यस्तै सो अवसरमा महिला तथा युवा समूहले स्थानीय सांस्कृतिक कला प्रर्दशन गर्नेलगायतका कार्यक्रम तय भएको पनि जानकारी दिइएको छ । 
सो अवसरमा त्यस क्षेत्रका चर्चित ठाउँको भ्रमणको समेत कार्यक्रम राखिएको जानकारी दिइएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार