तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर चिरीबाबु महर्जनको दाबी (भिडियो)

शनिबार, भदौ ९, २०८०

ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई देशकै उज्यालो शहरको रुपमा विकास गर्ने दाबी गरेका छन् । नेपाल ईन्जिनियर्स संघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले ललितपुरलाई उज्यालो बनाउने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरे । 
उनले भने, ‘ललितपुरलाई उज्यालो बनाउने कामलाई निरन्तरता दिइएको छ । दुई तीन वर्षपछि जो कोही रात्रिकालिन अवस्थामा  प्लेनमा चडेर काठमाडौं छिरेर तल हेर्दा जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर हुनेछ ।’

Photo (13)1693019662.jpg
उनले ललितपुर महानगरपालिकामा ईलेक्ट्रोनिक ईन्जिनियर, आईटी अफिसदेखि लिएर अहिलेको आवश्यकता अनुसारको मेनपावर व्यवस्था गर्ने बताए । उनले भने, ‘ललितपुर महानगरपालिकामा ईलेक्ट्रोनिक ईन्जिनियर, आईटी अफिसदेखि लिएर अहिलेको आवश्यकता अनुसारको मेनपावर व्यवस्था गर्न गईरहेको छौं ।’

Photo (4) (2)1693019661.jpg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार