धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये तीन यात्रुको सनाखत, ५ जनाको सनाखत हुन बाँकी 

बुधबार, भदौ ६, २०८०

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटनामा मृत्यु भएको तीन यात्रुको सनाखत भएको छ । मृत्यु भएका मध्ये म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३ बस्ने बर्ष ५० को थानबहादुर भण्डारी, जिल्ला पर्वत मोदी गाउँपालिका–१ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल र धादिङ जिल्ला गजुरी गाउँपालिका–८ बस्ने बर्ष अन्दाजी २४÷२५ को सविन रम्तेल रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका पाँचजनाको भने सनाखत हुन बाँकी छ ।  घाईते २४ जना मध्ये टिचिङ अस्पतालमा पर्वत जिल्ला मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेलको टाउको र निधारमा चोट लागेको अवस्था उपचार भइरहेको छ । 
प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा बस चालक म्याग्दी जिल्ला बेनी नगरपालिका–६ बस्ने बर्ष ३० का दीपक थापा, म्याग्दी जिल्ला बेनी नगरपालिका–३ बस्ने बर्ष २४ को पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ बस्ने बर्ष १९ को कुशल अधिकारी, काठमाडौं कीर्तिपुर नगरपालिका ९ बस्ने बर्ष ५२ को खड्ककुमार श्रेष्ठ, म्याग्दी मंगला गाउँपालिका–२ बस्ने बर्ष १६ कि गीता जंजाली मगर, बाग्लुङ जिल्लाका बर्ष १९ कि शुष्मा क्षेत्री, पर्वत जिल्ला फलेवास नगरपालिका बस्ने बर्ष अन्दाजी ६३ कि हरिकला गौडेल, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–३ बस्ने वर्ष २२ कि अञ्जु रानामगर, म्याग्दी जिल्ला गरुङ्गंगा गाउँपालिका ७ बस्ने बर्ष २९ को प्रविण पुन, बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल, जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगरको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँकी घाइतेको परिचय खुल्न बाँकी छ । 
जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट लागेकोले अवस्था सामान्य रहेकोले डिस्चार्ज भइसकेको छन् ।
सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङको सकुशल उद्वार गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार