बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सेनाद्वारा उद्दार कार्य जारी 

बुधबार, भदौ ६, २०८०

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा उद्दार  कार्यलाई निरन्तरता दिएको जनाएको छ । 
कालिकोट जिल्ला, महावै गाउँपालिका–२, रकलवाडा टोलको ५० मिटर माथि ढुंगा भासिन गई टोल नै जोखिममा परेपछि सेनाले जोखिमयुक्त ढुंगा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याएको जनाएको छ । 
यस्तै रौतहट जिल्ला, दूर्गाभगवती गाउँपालिका–३, मत्सरीमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गरिएको पनि जनाएको छ । 
मुगु जिल्ला, खत्याड गाउँपालिका–५ स्थित खमाले निवासी २१ वर्षीय स्थानीय एक अस्वस्थ्य महिला हुटु व्यारेकको टोलीले जिल्ला अस्पताल गमगढी पु¥याइएको पनि नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।      
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार