काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो , उद्दार जारी  

बुधबार, भदौ ६, २०८०

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसेको छ । 
स्थानीय सञ्चारकर्मी पोषनाथ अधिकारीका अनुसार प्रदेश ३ ०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । 
दुर्घटनामा परेको बसमा सवार अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीले  जानकारी दिएको छ ।  उद्दार अहिले पनि जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार