ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन

सोमबार, भदौ ४, २०८०

मुगु । रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन  नागरिक उड्यान प्राधिकरणको कार्यालयको टर्मिनल भवन अलपत्र परेको छ । भवन निमार्णको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण पशुचौपायको गोठ बनेको हो ।  ताल्चा  विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा असुरक्षाको जोखिमपूर्ण उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ ।

IMG_55891692631984.JPG 
रारा ताल्चा विमानस्थलको टावरसहितको टर्मिनल भवन निमार्णका लागि २०७६ साल असोज २ गतेबाट निमार्ण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस ईन्टरनेशनल कम्पनी काठमाडौ बसुन्धराले कुल ८ करोड ६५ लाखमा निमार्णका गर्ने गरी जिम्मा लिएको भए पनि पटक पटक म्याद थप्दा पनि  भवन निर्माण हुन नसक्दा पछिल्लो समयमा अलपत्र परेको छ । आयोजना निमार्णका लागि ल्याएका सामानहरू खिया लागेका छन् भने केही सामानहरू टुटफुट भएको छन् । काम गर्ने कामदारहरूले काम गरेको रकम पाएका छैनन भने लामो सयमदेखि आयोजना स्थलमा ठेक्कादर कम्पनीका कुनै पनि जिम्मेवार व्यक्ति भेटिँदैनन् ।
२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५ सय ७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोडौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो । 

IMG_00821692631985.JPG
रारा ताल्चा एयरपोर्ट सञ्चालनको लागि पूर्वाधार नहँुदा काठको सानो घुम्तीबाट टर्मिनल भवन अर्थात नागरिक उड्डयन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलको धावन मार्गको चैतर्फी सामान्य काँडेतार र अन्य तारको घेरावार भएपनि यात्रु र स्थानीय मानिसहरू धावन मार्गको विचबाट नै यात्रा गर्ने गर्छन् ।  यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौ धौ पर्ने गरेको छ । 
टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले चेकजाँच गरेपछि यात्रुहरू कोचा कोच गरेर बस्नु पर्ने अवस्था छ । अव्यवस्थाको कारण यात्रुहरूको सामान हराउने डर निकै हुने गरेको छ । यात्रुहरूका लागि शौचालयको पनि उत्तिकै समस्या छ । टावरसहितको टर्मिनल भवन छिटो निर्माण गरिदिए यात्रुलाई निकै सहज हुर्ने छायाँनाथ रारा नगरपालिका ८ का बलराम शाही बताउँछन् । 

IMG_56131692631979.JPG
अर्का यात्रु दलबहादुर रावत पनि टर्मिनल भवन चाँडै बन्नुपर्ने बताउँछन् । 
मुगु जिल्ला दुर्गम हिमाली जिल्ला हो ।  हिउँदमा हिउँ पर्ने, बर्खामा पानी पर्ने र निमार्णमा लाग्ने सामान समयमा पु¥याउन नसक्नु यस्का भौगोलिक कठिनाई हुन् । त्यसमाथि  निमार्ण कार्यको जिम्मा लिएको ठेक्कादार कम्पनीको ढिलासुस्तीका कारण निर्माणाधीन भवन बन्न नसकेको रारा ताल्चास्थित नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रतिनिधि शम्भुप्रसाद तिमिल्सिना बताउँछन् ।
यस्तै नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख रोमन भट्टराईले भने, ‘सानो काठको टहराबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । आकाशबाट पानी पर्दा टिनहरू बज्ने, आवाज आउने, हावा हुरी चल्दा सुर्खेत, नेपालगञ्जलगायत अन्य सरोकारवाला निकायसँग  पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ । निर्माणाधीन अवस्थाको कार्यालयको भवन समयमा सम्पन्न गर्ने जिम्मा लिएको ठेक्कादारहरूको कमजोरीले बन्न नसक्नु दुर्भाग्य बनेको छ ।’ 
पर्यटनको प्रचुर सम्भावना रहेका रारा, छायाँनाथलगायतका स्थान घुम्न जाने देशी विदेशी पर्यटकको संख्या बढ्दो छ । यही कारण पनि यस क्षेत्रका विकासका लागि पहल भइरहेको मुगु जिल्लाका पूर्व संघीय सांसद गोपालबहादुर बल बताउँछन् । 

IMG_00291692631978.JPG

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार