राष्ट्रिय सभाअन्तगर्तको दिगो विकासको बैठक बस्दै

आइतबार, भदौ ३, २०८०

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिको बैठक आज (आइतबार)का लागि बोलाइएको छ । बिहान ११ बजेका लागि संसद सचिवालय सिंहदरबारमा रहेको भवन नम्बर २को हल नम्बर ३०१मा बैठक बोलाइएको हो । बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक भने प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी रहेपछि भदौ ५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार