विगतको तुलनामा अपराधको घटना बढ्दै गयो : प्रहरी परिसर काठमाडौं  

शुक्रबार, भदौ १, २०८०

काठमाडौं । प्रहरी परिसर काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै विगतको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ । प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलन  तथा मासिक समीक्षा कार्यक्रम गरेर साउन महिनाको अपराधको बिवरण सार्वजनिक गर्दा अपराधको घटना बढेको बताएको हो । 
आर्थिक वर्ष २०८०÷८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन् । 
आर्थिक वर्ष २०७९÷८० को तुलनामा यी घटनाहरु निकै बढी हो । आर्थिक वर्ष २०७९÷८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना  भएको थियो । 

00010.00_00_09_19.Still0021692361078.jpg
कार्यक्रममा डीएसपी कुमोध ढुंगेलले अपराधहरु जति नियन्त्रण हुनपर्ने त्यति हुन नसकेको बताए ।
यो साधारण पुलिसबाट हुन सक्ने काम हैन् । नलेज भएको टिम चाहिन्छ । जति हुनु  पर्ने त्यही रुपमा नियन्त्रण भएको छैन् । तर हामी सुचनाको आधारमा मात्र काम भईरहेको छ ।  साईवर व्युरोसंग समन्वय गरेर काम गर्छौ । पुलिसको काममा योजना भन्ने हुँदैन् ।’ 
ढुंगेलले साईवर व्यूरोको समन्वयमा काम गर्ने बताएछन् । यस्ता कार्यको लागि सूचनाको पहँचको अभाव र समन्वयनको अभाव रहेको उनको भनाइ थियो । 

00010.00_01_04_08.Still0031692361095.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार