अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यक : प्रधानमन्त्री दाहाल 

शुक्रबार, भदौ १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराधसमेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै अघि बढ्ने बताएका छन् । 
मुलुकी संहिता दिवस, २०८० का अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्री दाहालले नयाँ प्रकृतिका अपराधलाई नियन्त्रण गर्न र सामाजिक मूल्य मान्यताअनुरूप भइरहेका कानुनमा समसामयिक व्यवस्था गर्नुपर्ने राज्यको दायित्व भएको बताए ।
उनले भने, ‘समाज रूपान्तरणको मुख्य औजारका रूपमा रहेको कानूनी संरचनाले मुलकको आर्थिक तथा सामाजिक विकासलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गर्ने गर्दछ । समाजमा देखापर्ने नयाँ प्रकृतिका अपराधलाई नियन्त्रण गर्न र सामाजिक मूल्य मान्यताअनुरूप भइरहेका कानूनमा समसामयिक व्यवस्था गर्नुपर्ने स्वाभाविक दायित्व राज्यउपर रहन्छ ।’ 
देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै भएको र  कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुने उनको भनाइ छ । 
प्रधानमन्त्री दाहालले नेपालको संविधानले अंगीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूत गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानूनहरू निर्माण भएर कार्यान्वयनमा रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार