डेंगी संक्रमण नियन्त्रण गर्न टोखा नगरपालिकाको सचेतना कार्यक्रम 

नगरप्रमुखको नेतृत्वमा कर्मचारीले सफा पारे पालिका परिसर 
शुक्रबार, भदौ १, २०८०

काठमाडौं । टोखा नगरपालिकाले डेंगी संक्रमण नियन्त्रणका लागि प्लेकार्डसहित सचेतना कार्यक्रम आयोजना गरेको छ ।  नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा नगरपालिकाका कर्मचारीले नगर परिक्रम गर्नुका साथै पालिका वरिपरि सरसफाई गरेका थिए । ¥यालीमा पालिकाका जनप्रतिनिधिको पनि उपस्थिति थियो । 
टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले डेंगी संक्रमण फैलन नदिन खोज र नष्ट अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।  
डेंगी नियन्त्रणका लागि नगरपालिकाले जेठ महिनादेखि प्रत्येक शुक्रबार सचेतना अभियान गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत बिसीले नगरवासीलाई डेंगी फैलाउन लामखट्टेको लार्भा वृद्धि विकास हुन नदिन यो सचेतना कार्यक्रम प्रभावकारी भएको बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार