भोलि शनिबार काठमाडौंका ५२ स्थानमा करिब ५ घन्टाका लागि विद्युत अवरुद्ध

शुक्रबार, भदौ १, २०८०

काठमाडौं ।  भोलि -शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकुस्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ । निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ पनि प्राधिकरणले जानकारी गराएको छ ।

विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरुमा सीतापाइला फिडर अन्तरगत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ ।

यस्तै, बाफल फिडर अन्तरगत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भर्‍याङ, बारुदखानालगायत ५४ स्थानहरु रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार