हरियो तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

बिहीबार, साउन ३२, २०८०

काठमाडौं । हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा च्याउ, भटमासकोशा, गाजर, सानो गोडभेँडा, सिमी, अनार, तरबुजा, लोकल नासपाति लगायत हरियो तरकारी र फलफूलमा बुधबारको तुलनामा मूल्य १० देखि ४० रुपैयाँसम्म घट्बढ भएको हो । 
बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा ७ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । सोहि गोडभेँडा हिजो प्रतिकेजी ८२ रुपैयाँमा किनबेच भएको थियो । रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आज स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ । 
त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ४०० रुपैयाँमा स्थिर छ । गाजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । गाजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ  ।  घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौला ३५, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०,भिण्डि ९०,स्कूस ७०, प्याज हरियो १५०,रायो साग ११०,कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । 
त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १२०, अनार प्रतिकेजी ४० रुपैयाँले घटेर आज  २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार