कोशी र बागमतीमा भारी वर्षाको सम्भावना 

बिहीबार, साउन ३२, २०८०

काठमाडौं । देशभर मौसम आँशिकदेखि सामान्य बदली रही आज कोशी, गण्डकी र बागमतीसहित अन्य प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
विभागका अनुसार कोशी  र बागमती  प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । 
राति देशभर आँशिक देखि सामान्य बदली रहनेछ । कोशी  र गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण विभागले गरेको छ । साथै मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार