वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य 

आइतबार, साउन २८, २०८०

काठमाडौं । केही दिनयता लगातार वर्षा हुँदा तरकारीको मूल्य बृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा बृद्धि भएको देखिएको छ । 
सार्वजनिक मूल्य अनुसार च्याउ, गाँजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजी बढेको छ । आज रायो साग, हरियो प्याज, गाँजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको हो । 
बजारमा गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । 
त्यस्तै, कन्य च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ । शनिबार १६० रुपैयाँ मूल्य रहेको सोही च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०, कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरियो प्याज १०० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ । 
समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार