प्रष्ट नीति नभएका कारण कृषि क्षेत्रमा समस्या देखियो : कृषि मन्त्री  

शनिबार, साउन २७, २०८०

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुषालले कृषि क्षेत्रमा प्रष्ट नीति नभएको कारण समस्या देखिएको बताएका छन् ।   जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भुषालले तराई मधेशमा केही समययता देखिएको सुख्खाको कारणले समस्या परेको अवस्थामा भारी वर्षाको कारण आएको बाढीले क्षति पु¥याएको बताए ।  
उनले यसको लागि सरकारले कस्तो खालको सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल भइरहेको जानकारी दिए । 
मन्त्री भुषालले कृषि क्षेत्रको विकासमा सिँचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि दुबै मन्त्रालयबीचमा छलफल गरेर सिँचाईको समस्या समाधान गर्नुपर्ने पनि बताए । 
भुषालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्यमा समस्या देखिएको बताउँदै खाद्य संकटबाट बच्नको लागि सरकार सचेत रहेको बताए । 
उनले ललिता निवास जग्गा प्रकरणमा आफ्नो पार्टीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरूसँग प्रधानमन्त्रीले गरेको सहमतिपछि गठबन्धनमा समस्या आउने विषयमा कुनै पनि सत्यता नरहेको उल्लेख गरे । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार