बुद्धले भित्र्यायो नयाँ एटिआर विमान 

शनिबार, साउन २७, २०८०

काठमाडौं । बुद्ध एयरले १६ औं एटिआर विमान भित्र्याएको छ । बुद्धले ९ एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो ।  ‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं । ’ बुद्ध एयरले भनेको छ । योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका संचार अधिकृत दिनेश कर्णले जानकारी दिए । 

Photo-11691795254.jpg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार