शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महत मिलेर सांसद सुनिल शर्मालाई फसाए : व्यवसायी प्रसाई

बिहीबार, साउन २५, २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । 
बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् । 
उनले भने, ‘सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केही हुनेवाला छैन । मिनबहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानिसहरू धेरै छन् ।’
उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांगे्रसको रहेको जिकिर गरे । 
सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि आजै पक्राउ गरेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार