एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रिय सभा सदस्य दसौंदी 

बिहीबार, साउन २५, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद कुमार दसौंदीले एमालेले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहेको बताएका छन् ।  बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद दसौंदीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडि नहट्ने बताए । 
उनले भने ‘ नेकपा एमालेले संसदलाई बन्धक बनाएर भाष्य निमार्ण गर्न खोजेको छैन् । हामीले जुन दिनदेखि सुन काण्डको विषय आयो त्यसै दिन देखि उच्च स्तरीय छानविन समिति बन्नु पर्छ र छानविन हुनुपर्छ भनेका छौं । तस्करहरुको ढोका बन्द गर्नु पर्छ । हामीले माग गरेका हौं । ’ 
राष्ट्रिय सभा सदस्य दसौंदीले सरकार यसबाट भाग्न खोजिरहेको आरोप लगाउँदै अगाडि भने, ‘आज २०-२२ दिन भइसक्यो अनि विचमा आएर सरकारले सिआईबीको नाममा गोलमटोल गरेर पन्छाउन खोजिरहेको छ । के गठबन्धन सरकार भनेको सधै भरि तस्करी गर्न बनेको हो ? ’ 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार