उपराष्ट्रपति अर्को साता चीन जाने

मन्त्रिपरिषद्को बैठक
बिहीबार, साउन २५, २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । 
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् । ३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुन उपराष्ट्रपति यादव त्यसतर्फ जाने उनले बताइन् । 
दुई जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय 
सरकारले, वंशजका आधारमा झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ  ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र  कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएको जानकारी दिइन् । 
उनले भनिन् ‘गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरीकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार