मालिक होइन सेवक हुँ, भन्ने भावनाले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का 

बिहीबार, साउन २५, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्न निर्देशन दिएका छन् । 
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई संवोधन गर्दै उनले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए । 
कुनै पनि सरकारी काममा ढिलासुस्ती नगर्न निर्देशन दिँदै खड्काले भने, ‘निर्णयमा अलमलिने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुई पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो । हामी मलिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस ।’
बरु कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरी सार्वजनिक जानकारी दिन तर काममा ढिला सुस्ती गर्न नगर्न सचेत गराए । 
उनले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरी सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु प¥यो, तर ढिला सुस्ती गर्न पाइँदैन ।’
निवेदन दर्ता गर्नेदेखि मन्त्रीको कार्यकक्षमा पुग्न नै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभुति गर्न नसकेको भन्दै उनले कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार