गृहमन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रजिअ पठायो 

सोमबार, साउन २२, २०८०

काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ । 
जाजरकोटको रिक्त प्रजिअमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवाको माग गरेको हुनाले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिईएको छ । 
सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए । बाँकेमा सहायक प्रजिअ तथा डोल्पा र बझाङमा प्रजिअ भैसकेको अनुभव रहेको छ । 
त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ । राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत रहेका उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार