पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय

आइतबार, साउन २१, २०८०

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
इस्लामाबादस्थित अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् । 
अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।
उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । 
खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार