गरिबी हटाउने योजनाको डीपीआर बनाउँन खोज्दा ओलीले रोके : घनश्याम भुषाल

शनिबार, साउन २०, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन् ।

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउँने आफुहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरे । 

उनले भने, ‘राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो । यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नु भयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो । आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउँन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो ।’

समाज परिवर्तन गर्ने हो भने युवाहरुलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भएपनि अगाडि बढ्न बढि संख्या नचाहिने पनि भुषालले प्रष्ट पारे । 

उनले भने, ‘एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरु सम्पन्न गर्छौ । त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ । यसले हामीलाई सक्षम बनाउँन सक्छ । राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउँन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौ । ’

७  महिनाभित्रमा समाजवादी पार्टीलाई आफुहरुको एजेण्डा वरिपरि ल्याउँन सम्भव हुने उल्लेख गर्दै उनले माओवादको परिभाषाले आजको नेपाली समाज नबन्ने बताए ।

मन्त्री भुसालले अगाडि भने, ‘आजको राज्य, समाज दोहन गर्ने राज्यहरुलाई वरिपरि राखेर आफ्नो सत्ता बचाईरहेका छन् । ओलीको त्यो सत्ताले एमाले ओरालो लाग्यो र लागि रहेको छ। त्यो अब कहिले उठ्दैन्, अगाडि जादैँन्, कांग्रेस पनि केही नयाँ आएर उठाउँछन् भनेको थियो तर बनाउँदैनन् । निजी क्षेत्रलाई स्वतन्त्र गरेर मुलुकको विकास हुने कांग्रेसको सिद्धान्त उदारवाद त्यो काम लागेन् र लाग्दैन् । यसकारण पनि हाम्रो लागि स्थान छ हामी बस हाम्रो योजनामा स्पष्ट हुनुपर्छ र प्रतिवद्ध हुनुपर्छ हामीलाई चाहिएको यहि हो । ’

उनले २ वर्षमा नयाँ बाम विकल्प तयार पार्ने र यो मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने पनि बताए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार