बर्दियामा स्थानीयद्वारा वडा कार्यालय घेराउ 

बिहीबार, साउन १८, २०८०

बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । आफूहरूकाे धानवाली डुवानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनिहरुले वडा कार्यलय घेराउ गरेका हुन् । स्थानीयले घेराउपछि उनीहरुले वडा कार्यालयमा तालासमेत लगाएका छन् ।

१०-१२ बर्ष अघिबाट चलन चल्तिको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाह बढी धानवाली डुबानमा परेको स्थानीयको गुनासो छ ।

बर्खा याममा डुवान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायीक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानीय नरजंग शाहीले बताएका छन् ।

वडा अध्यक्षले समस्या समाधान गर्छु भने आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफुहरु बाध्य भएर वडा कार्यलय घेराउ गर्न आएको शाहीको भनाई छ।

यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरु सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरुले वडा कार्यालय घेराउ गरेपनि वडा अध्यक्षले आफु वडा कार्यलय आउन नसक्ने भन्दै पन्छीएको आरोप लगाएका छन् ।

यता वडाअध्यक्ष रामु थारुले न्यायीक समितीले समस्या समाधान गर्ने भनेर खवर आएको र न्यायीक समितीमार्फत समस्या समाधान गरिने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार