ललितपुर महानगरपालिकाद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान 

मंगलबार, साउन १६, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले माध्यमिक विद्यालय परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित समान्न गरेको छ । 
महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार उत्कृष्ट अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय चार लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही दुई लाखका दर नगदसहित सम्मानित गरेका हुन् । 

Banner1690891579.jpg
जेम्स, सेन्टमेरिज, नाईटिङ्गेल, डिएभी, लिटल एन्जेल्स र ब्राईट फ्यूचर स्कुलले  उत्कृष्ट अंक ल्याएकोमा सम्मान पाएका छन् । 
कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुसीको उत्सव महानगरपालिकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरूसँग मनाएको बताए । 
आफ्नो वायोग्राफी लेखियो भने यो अशंका लागि एउटा छुट्टै च्याप्टर बनाउने उनको भनाई छ । 

Photo (1)1690891582.jpg
उनले भने, ‘दोस्रो पटकको चुनावको मेरो नतिजा आउँदा जति खुसी भएको थिए ललितपुर महानगरपालिकाबाट जीपीए ४ ल्याउने १४ जना विद्यार्थी निस्किए भन्दा त्यो बेलाको खुसी बिर्सिएर यता उत्सव मनाउन थाले । यो मेरो जिन्दगीमा वायोग्राफी लेखियो भने यो अशंका लागि एउटा छुट्टै च्याप्टर राख्छु ।’
ललितपुर महानगर शिक्षा क्षेत्रको हब भएको बताउँदै महानगरले शैक्षिक गुणस्तर सुधारको लागि धेरै काम गरेको बताए । 
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सफल बन्ने र धनी बनाउने शिक्षा भन्दा खुशी र सीपयुक्त शिक्षामा महानगरले जोड दिएको बताइन् । 
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले वर्तमान अवस्थामा पुस्तक पढेर लिने ज्ञान अपर्याप्त हुने बताउँदै तर्क गर्न सक्ने र  सीप सहितको शिक्षा आवश्यक भएको प्रष्ट पारे । 

Chiri Babu Maharjan11690891636.png
महानगरले जीवन र समाज बुझ्न सिकाउने शिक्षालाई प्रथामिकतामा राखेको उनले दाबी गरे ।  कार्यक्रममा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का, लिटिल एन्जल्सका प्रधानाध्यापक मुकुन्द शर्मालगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार