कोशीमा मध्यावधि निर्वाचनको पक्षमा बाबुराम

आइतबार, साउन १४, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्थिर सरकारका लागि कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प भएको जनाएका छन् । प्रमुख राजनीतिक दलहरू कोशी प्रदेशमा नयाँ सकार गठनको कसरतमा जुटिरहेका बेला भट्टराईले आइतबार बिहान समाजिक सञ्जाल  ट्वीटरमार्फत मध्यवाधी निर्वाचनको पक्षमा आफुलाई उभ्याएका हुन् । 
भट्टराईले लेखेका छन्,‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’
सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ पनि तर्क गर्दै भट्टराईले लेखेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने !’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार