प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

शुक्रबार, साउन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई स्वदेश फर्किएका हुन् ।

साउन ६ गते इटली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको उल्लेख गरेका थिय ।

प्रधानमन्त्रीको स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार