कोशी प्रदेशमा अदालतले संविधान र राजनैतिकता रक्षा गर्‍याे : बाबुराम 

शुक्रबार, साउन १२, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माण गर्दा संविधानको ठाडो उल्लंघन गरेकोमा अदालतले संविधान र राजनैतिक नैतिकताका रक्षा गर्न योगदान पुर्‍याएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार डा. भट्टराईले लेखेका छन, ‘प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन ! ) हो ! त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन् ! त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ ।
" तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीयरगुटीयरनिजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउॅछन् भने संविधानको रक्षा कसले गर्छ ?" डा. भट्टराईले प्रश्न उठाउँदै लेखेको छन्, "रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ ? एक पटक आफ्नो सरकार नबने नबनोस्,मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेकोरुआफु र आफ्नो दल हारेर पनि लोकतन्त्र, संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ?"
पृना शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो.. सबैलाई चेतना भया’ भने झैं हामीलाई पनि भन्न मन लाग्छ (“हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो..अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया " ! उनले ट्वीटरमा लेखेका छन् । 

babu1690518862.JPG

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार