कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षणा 

शुक्रबार, साउन १२, २०८०

काठमाडौं । कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन् । कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिएका थिए । रक्षामन्त्री खड्काले सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
अस्पतालको स्थलगत निरिक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासंगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागि थिए । 
सो अवसरमा खड्काले सिमित स्राे साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै एकिकृत रुपमा अझबढी गुणस्तरीय सेवा दिन पनि सुझाव दिए ।

Photos-051690511718.jpg

Photos-011690511715.jpg

Photos-021690511717.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार