सुन आयतकर्ता रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा  

ब्रेक सुमा सुन आयात प्रकरण 
बिहीबार, साउन ११, २०८०

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेर केही कार्टुन ’ब्रेक शु’ बरामद गरेको छ । केही दिन अघि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । गोदामबाट विभागले विमानस्थलबाट बरामद गरेको कार्टुन जस्तै कार्टुनहरू नियन्त्रणमा लिएको छ । विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । दिनेशसहित यो प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार