गोदावरी नगरले सुरु गर्‍यो लेलेदेखि रत्नपार्कसम्मको साझा बस

उपत्यकाभित्र एउटै बसबाट २१ किलोमिटर यात्रा (फोटो फिचरसहित)
बिहीबार, असार २१, २०८०

ललितपुर । ललितपुर जिल्लामा अवस्थित गोदावरी नगरपालिकाले लेले—रत्नपार्क रुटमा साझा बस सञ्चालन गरेको छ ।  गोदावरी नगरपालिकाले साझा यातायात सहकारी संस्थासँग सहकार्य गरी बस सेवा सञ्चालन गरेको हो ।
ललितपुरको लेलेबाट सुरु भइ चापागाउँ, ठेचो, सुनाकोठी, सातदोबाटो, लगनखेल, जाउलाखेल, पुल्चोक, कुपण्डोल, रत्नपार्क हुँदै पुरानो बसपार्क पुग्नेछ।

Go 21688655134.jpg
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले लामो रुटमा ठूलो बस चलेपछि यात्रुलाई सजिलो हुने बताए । उनले बस सञ्चालनको मुख्य उद्देश्य गोदावरीवसीको यात्रालाई सहज बनाउनु भएको बताए । उनले भने, यो सँगसँगै गोदावरी आउन चाहने काठमाडौ ललितपुरवासीको यात्रालाई सजिलो बनाउनुका साथै काठमाडौंबाट गोदावरी आउने यात्रुका लागि समेत सहज बनाउन बस सेवा सुरु गरेको जानकारी दिए ।
टिकाभैरवमा रहेको लेप्रोसी अस्पतालमा कुष्ठरोगको उपचार गराउन काठमाडौंबाट धेरै संख्यामा बिरामीहरु आउँछन् । उपत्यका बाहिरका जिल्लाबाट पनि यो अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका छन् । नगर प्रमुख महर्जनले भने, ‘काठमाडौबाट गोदावरीका धार्मिक, ऐतिहासिक मठमन्दिर आउन पनि अब सजिलो हुने भयो ।’

Go 31688655133.jpg
गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नंं.५ का वडा अध्यक्ष मिलन सिल्वालले अहिले दैनिक चारवटा बस सञ्चालन गरिएको बताए । उनले भने, ‘सार्वजनिक यातायातको यात्रालाई सजिलो बनाउन सेवा सुरु गरेका हौं ।’ सहरलाई व्यवस्थित र नगरवासीको दिनचर्या सजिलो बनाउन ठूला बस सञ्चालन अत्यावश्यक भएको बताए । उनले भने, ‘अध्ययन अनुसन्धान गर्दा, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि ठूला बस सञ्चालनगरेको पयौं ।’
साझाले यसअघि चक्रपथ बाहिर ललितपुरको गोदावरीदेखि रत्नपार्कसम्म साझा यातायात सञ्चालनमा ल्याएको थियो ।

Go 41688655125.jpg

Sajha1688647079.jpg

Go 141688654992.jpg

Go 131688654992.jpg

Go 121688655013.jpg

Go 111688655017.jpg

Go 101688655042.jpg

Go 91688655051.jpg

Go 81688655072.jpg

Go 51688655112.jpg

'गोदावरीमा छिट्टै इलेक्ट्रिक बस'
गोदावरी नगरपालिकाका प्रमुख महर्जनले नगरले छिट्टै इलेक्ट्रिक बस सञ्चालन गर्ने बताएका छन् । लेले रत्नपार्क बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले भविष्यमा चार्जिङ स्टेशन सहित इलेक्ट्रिक बस सञ्चालनमा ल्याउने जानकारी दिए । उनले भने, ‘वातावरण जोगाउन यो आवश्यक भैसक्यो ।’ आर्थिक दृष्टिले पनि यो बस निकै किफायती हुने भएकाले यो बस नगरले भित्राउने प्रतिबद्धता व्यक्त गरे ।

Go 61688655101.jpg

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार