क्यानका महानिर्देशकलाई पुनः तीनदिने स्पष्टीकरण 

बिहीबार, असार २१, २०८०

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो ।
तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ ।
महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए । 
     

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार