एसइईको नतिजा शुक्रबारसम्म सार्वजनिक हुने

३५ अंक ल्याए पास हुने नीति अर्काे वर्षदेखि लागू हुने 
मंगलबार, असार १९, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने गरी तयारी गरेको छ । ‘एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबारसम्म प्रकाशित गर्ने
तयारी रहेको’ बोर्डले जनाएको छ । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी गरेको छ । अर्को वर्षदेखि नयाँ व्यवस्था लागू हुने निर्णय बोर्डले गरेको छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ माराख्ने व्यवस्था छ । कक्षा १२ मा भने लेटर ग्रेडिङ कै आधारमा नतिजा सार्वजनिक हुने छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार