हिरासतमा रहेका कानुन व्यवसायी अमिर लामिछाने रिहा 

सोमबार, असार १८, २०८०

ललितपुर । ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटेको आरोपमा हिरासतमा रहेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । कानुन व्यवसायी यादुनाथ खनालले फेसबुक स्टाटसमा कानुन व्यवसायी अमिर लामिछाने रिहा भएको फोटोसहित विवरण सार्वजनिक गरेका छन् । 
खनालले फेसबुक स्टासमा लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ललितपुर जिल्ला अदालतको कर्मचारीलाई कुटेको झुटटा मुद्दामा हिरासतमा रहनु भएका अधिवक्ता अमिर लामिछाने केही समय अगाडि रिहा हुनु भएको छ ! कानुन व्यावसायि एकता जिन्दाबाद !’

बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने
यसअघि नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । 
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भए पनि आन्दोलनको कार्यक्रम यथावत रहेको ललितपुर बार एशोसिएसनले जनाएको छ । 

Bar1688352470.jpg
गत असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।
प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।
लामिछाने रिहा भए पनि आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने र विरोध सभा गर्ने बताए । ललितपुर जिल्ला अदालत अगाडि आज बिहान ११ बजे विरोध सभा आयोजना गरिएको उनले जानकारी दिए ।
कानुन व्यवसायी माथि झुठ्ठा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएशन सहित उपत्यकाका जिल्लाहरू काठनाडौं, ललितपुर, भक्तपुर, काभ्रे, विशेष अदालत बार एकाइ र पाटन उच्च अदालत बार एकाइको संयुक्त आयोजनामा विरोध सभा गर्न लागिएको हो ।
कानुन व्यवसायीहरुले कर्मचारीमाथि कुटपिट भएको भनिएको समयको सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी पनि दर्ता गर्नुपर्ने, घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने, न्यायिक स्वच्छता कायम हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार