नारायणगढ–मुग्लिन सडक दुइतर्फी खुल्यो 

सोमबार, असार १८, २०८०

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक केहीबेर अघि दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।  पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ ख ७१० नम्बरको कन्टेनर  चालकसमेत घाइते भएका छन् । कन्टेनर चालक पर्साको वीरगंज बस्ने ३५ वर्षीय राम पुकार घाइते भएका हुन् ।  पुकारलाई उपचारका लागि स्थानीय हाइवे अस्पताल लगिएको र उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। 
यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि  आइतबार  साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।  पहिरोले लागेर कन्टेनर सोही स्थानमा छेउमा रहेको माटोको ढिस्कोमा फस्दा सडक दुई तर्फी रुपमा अवरोध भएको छ। 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार