नेपालले टस जित्यो

सोमबार, असार १८, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध टस जितेकोछ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आफ्नो टोलीमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।
नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले समूह चरणमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । उता सिंगापुरले इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो । सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार