देशैभर आंशिकदेखि भारी वर्षाको सम्भावना

आइतबार, असार १७, २०८०

काठमाडौँ ।  मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश अहिले आंशिक बदली रहेको छ । आज राति पनि वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार