दिउँसो पश्चिममा, राति मध्य भागमा ठूलो वर्षाको सम्भावना

शनिबार, असार १६, २०८०

काठमाडौं । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । गण्डकी र लुम्बिनीका केही स्थानमा हिजोदेखि लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन मुलुकको पश्चिम भागमा सक्रिय भएको छ । राति कोशी, मधेस, र बागमतीमा पनि वर्षा हुने सम्भावना छ । 
भोलि र पर्सि मुलुकका अधिकांश भूभागमा वर्षा हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । असार पहिलो साता कोशी प्रदेशका पहाडी जिल्लामा देखिएको बाढी पहिरोको प्रकोप अहिले लुम्बिनी प्रदेशमा देखिएको हो ।

रुपन्देही र पाल्पा आसपासमा भारी वर्षा, तिनाउ खोलामा बाढीको जोखिम
उता बुटबलमा बाढी पूर्वानुमान महाशाखाले रुपन्देहीको तिनाउ खोलालगायत पाल्पाका अन्य स(साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।
रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तरको भारी वर्षाले तिनाउमा जल सतहले सतर्कता तह पार गरेको छ । शनिवार बिहान सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जनाएको छ ।
तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने स्थानको लागि दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार