नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने

बुधबार, असार १३, २०८०

काठमाडौँ । बजेट पारित नगर्ने चेतावनी दिएका नेकपा एकीकृत समाजवादीका सांसदले अन्तत बजेटका पक्षमा मतदान गर्ने भएका छन । केही दिन अघि नेकपा एसका सांसद राजेन्द्र पाण्डेसहितका केही सांसदले अहिलेकै अवस्थामा बजेट पारित गर्न नसकिने भनाइ सार्वजनिक गरेका थिए । आज बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने जनाउँदै आएका थिए । आजको प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८०÷८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार