नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीसँग सरकार असन्तुष्ट, सोध्यो ९ बुँदे स्पष्टीकरण

मंगलबार, असार १२, २०८०

काठमाडौँ । सरकारको नीतिविपरीत चलेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको हो ।
मन्त्रालयले सोधेको स्पष्टीकरणमा आर्थिक वर्ष २०७९र८० को संघीय संसद्ले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा महानिर्देशक अधिकारीले नेपाल सरकारको उक्त नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिविपरीत सञ्चार माध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता कार्य गरेको जनाइएको छ । त्यस्तै नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको पाइएको भन्दै मन्त्रालयले उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५६ को नियम ११ २६ को प्रावधानविपरीत रहेकाले के कति कारणले आफ्नो पदीय जिम्मेवारीविपरीत नीतिविरुद्धका कार्य गरिएको हो भनी प्रश्न सोधेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार