मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

बुधबार, असार ६, २०८०

ललितपुर ।  ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्संस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो । 
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ । 
जिल्ला प्रशासन ललितपुरका प्रमुख रुद्र पण्डितले व्यक्तिका लागि सबैभन्दा ठूलो सम्पत्ति स्वस्थ्य शरीर भएको भन्दै हरेक दिन कम्तीमा एक घण्टा योगा गर्न आग्रह गरे ।  “योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि योगलाई नियमित अभ्यासमा लग्नु जरुरी छ । हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमि रहेकाले नेपाललाई योगको उद्यगमस्थल बताउनुभयो”, उनले भने । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक ईश्वरी ढकालले जावलाखेलको खेल मैदानमा योग तथा योगासम्बन्धी अभ्यास र छलफल गरी दिवस मनाइएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार