दिसाजन्य फोहोर खोलामा फ्याँक्ने कन्टेनरलाई ललितपुर महानगरको जरिवाना 

ललितपुर महानगरको निगरानी 
सोमबार, असार ४, २०८०

ललितपुर ।  उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकी सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेरलाई महानगरले एक लाख जरिवाना गरेको छ ।  बा.३ ख. २८० र बा.३ ख. ९४०३ नम्बरको कन्टेरलाई महानगरले दण्ड जरिवाना  स्वरुप ५०—५० गरी एक लाख तिराएको हो ।  अनुगमनका क्रममा महानगर प्रहरीले यी दुई कन्टेनरलाई नियन्त्रणमा लिएको थियो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई असहयोग गरेकाले कारबाही गरेको बताए । उनले भने, ‘दिसाजन्य फोहोर जथाभावी फँयाकेर महानगरबासीको स्वास्थ्यमा खेलबाड भएको छ , यसप्रति हाम्रो गम्भीर आपत्ति छ ।’ 
महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराइएको महानगर का प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । २४ जेठमा महानगरको नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । महानगरले यो विषय गम्भीर भएको बताउँदै बागती सभ्यता आयोजना र जिल्ला प्रहरी परिसरलाई पनि ती कन्टेनरलाई कारबाही गर्न पत्राचार गरेको छ । 
दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले अनुगमनका लागि त्यहाँ पुगेको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए । फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टी ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए । प्रति कन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीका फोहोर फाल्न दिने गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार