समाजवादी मोर्चामा सहभागी हुने नेकपा एकीकृत समाजवादीको निर्णय

शुक्रबार, असार १, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । शुक्रवार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको जानकारी दिए । उनले अबको दुई चार दिनभित्रै मोर्चा घोषणा हुने दाबी पनि गरे।
समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादीसहित नेकपा माओवादी केन्द्र,  जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सहभागी हुने निर्णय गरेका छन्।
पूर्वमाओवादी घटकबीच एकतै गर्ने योजनासहित केही दल समेटेर समाजवादी मोर्चा बनाउने गृहकार्य दलहरूले गत फागुनदेखि नै गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार