बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित

शुक्रबार, असार १, २०८०

काठमाडौं । अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् ।
बिहीबार राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ ।
यस्तै स्थानीय  जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो । 
बाढी पहिरोले २९ घरपरिवार उच्च जोखिममा 
बिहीबारदेखि निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन् । बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो । 
सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको छ । खोला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव छैन । सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छन् ।  बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएका छन् । गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको छ ।  
त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको छ । काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ । 
याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ । स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन् । 
बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । 
सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएका छन् । वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय छैन । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार