पूर्वाधार बजेट जनसंख्याको हिसाबले होइन भूगोलका हिसाबमा तय गर्नुपर्छ : दिनेशजङग पाण्डे, वडाअध्यक्ष ललितपुर-२४ (भिडियो)

बिहीबार, जेठ ३२, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष दिनेशजङग पाण्डेले महानगरपालिकाले वडालाई उपलब्ध गराउने पुर्वाधार विकास बजेट जनसंख्यालाई हेरेर नभई भौगोलिक अवस्थालाई आधार मानेर तय गरिनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको बजेट अधिवेशन सुरु हुने क्रममा रहेकै बेला शब्दपाटी अनलाइन टेलिभिजनसँगको कुराकानीका क्रममा उनले महानगरले चक्रपथ बाहिरका वडाहरूमा पूर्वाधारका लागि यसअघि पनि अन्य वडाको तुलनामा धेरै बजेट छुट्याउने गरेको जनाउँदै अझै वडामा पूर्वाधारका काम गर्न बाँकी रहेकाले बजेट बढाउनु पर्नेमा जोड दिए । ‘यो पटक पनि हामीले चालु आर्थिक वर्षमा विनियोजन भएको रकम भन्दा बढी बजेट पाउनु पर्छ भन्ने हिसाबमा गएका छौं’, उनले भने, ‘पुर्वाधार विकास धेरै गर्नुपर्ने भएकाले चक्रपथ बाहिरको वडामा धेरै बजेट आवश्यक पर्छ ।’ वडा अध्यक्षको १ वर्षे कार्यकालको समिक्षा गर्दै उनले आफूहरूले ५ वर्ष भित्र गर्ने प्रतिवद्धता जनाएका मध्ये करिब ३० देखि ४० प्रतिशत काम यो १ वर्ष भित्रै पूरा गरेको दाबी गरे । उनले २४ नं वडा महानगरकै विपद् जोखिममा पहिलो नम्बरमा रहेको जनाए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार