काठमाडौं महानगरका मेयर बालेन शाहले राखे कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा

बिहीबार, जेठ २५, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखिएको छ । बालेन हाल निजी कामको सिलसिलामा भारतमा छन् । उनकै निर्देशनमा आज उनको कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राखिएको हो । भारतको नयाँ संसद भवनमा कपिलवस्तु र लुम्बिनीसहितको नक्सा राखिएको छ । त्यसपछि भारतलाई जवाफ दिन नेपालको संसदमा पनि 'ग्रेटर नेपाल'को नक्सा राख्न आवाज उठिरहेको छ । यसबिच भारतको संसदमा 'अखण्ड भारतुको नक्सा राखिएकोमा विरोध भइरहँदा बालेनले 'ग्रेटर नेपाल'को नक्सा राख्न लगाएका हुन् । यो नक्सालाई लिए बंगलादेश र पाकिस्तानले पनि विरोध जनाइसकेको छ ।

Image

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार